Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १४ : ३८ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  मंगलबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेको इन्स्योरेन्स लिमिटेड, अपी पावर कम्पनी लिमिटेड, आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

नेको इन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत बोनसबापतको २६ लाख २४ हजार ८ सय १८ दशमलव २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, अपी पावर कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनसबापतको २८ लाख ८३ हजार ६ सय ८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ प्रतिशत बोनसबापतको  ६ लाख ४४ हजार १ सय २४ दशमलव ५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनसबापतको ६ लाख १० हजार ३ सय २८ दशमलव ४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको