Like us!
Follow us!
Connect us!
Watch us!

फिनिक्स कलेजद्वारा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १६ : ३० मा प्रकाशित

फिनिक्स कलेजद्वारा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान

विगत १२ वर्षदेखि नेपालमा व्यवस्थापन र सूचना प्रविधि शिक्षाको क्षेत्रमा दक्ष र अनुभवी जनशक्ति उत्पादन गर्दै आएको फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपालका राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई क्रिकेटको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत अभिनन्दन कार्यक्रम मार्फत सम्मान गरेको छ । सम्मान प्राप्त गर्ने राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङ हुन् । 

अभिनन्दन कार्यक्रमका विशेष अतिथि क्रिकेटक्षेत्रका प्रख्यात राष्ट्रिय व्यक्तित्व तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान श्री पारस खड्काको उपस्थितिमा कलेजले प्रत्येक क्रिकेट खेलाडीहरूलाई दोसल्ला, प्रशंसा पत्र र नगद रु। ५०००० प्रदान गर्दै सम्मान गरेको छ ।

सम्मानित क्रिकेट खेलाडीहरू पाँचै जना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रमको प्रमुख उद्देश्य खेलकुदमा उल्लेखनीय उपलब्धि तथा योगदान पुर्याएका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने थियो । 

कलेजले यस कार्यक्रम मार्फत खेलाडीहरूको उत्कृष्ट योगदानको उच्च कदर गर्दै प्रशंसा र कृतज्ञता प्रदान गर्यो। सम्मानित खेलाडीहरूले उनीहरूको शैक्षिक र क्रिकेट करियरलाई सन्तुलनमा राख्न कलेज गरेको सहयोगको खुलेर तारीफ गरे ।

कलेजका प्राचार्य प्रा.डा.फत्त बहादुर केसीका अनुसार सम्मानित राष्ट्रिय क्रिकेट खेलाडीहरू खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी पनि भएको जानकारी गराए । उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षाप्रतिको उनीहरूको लगनले फिनिक्स कलेज अफ म्यानेजमेन्ट सम्पुर्ण विद्यार्थीहरूको पहिलो रोजाइ भएको जानकारी गराए । 

फिनिक्स कलेज अफ म्यानेजमेन्टका कार्यकारी निर्देशक लक्ष्मण पोख्रेलले राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्न शतप्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिए । 

एक शिक्षित खेलाडीले आफूलाई, संसार र खेललाई राम्रोसँग बुझ्न सक्षम हुन्छ। त्यही कुरालाई मध्यनजर गर्दै, राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक अध्ययन गरेको पनि जानकारी गराए। 

मैतीदेवी, काठमाडौंमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रमहरू सञ्चालन गर्ने पहिलो लिंकन विश्वविद्यालयसँग संबन्धन प्राप्त कलेज हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको