Like us!
Follow us!
Connect us!
Watch us!

गेमरहरुको फेभरेट रियलमी नार्जो सिरिज

अर्थ संसार

शनिबार, १८ चैत्र २०७९, १९ : ०७ मा प्रकाशित

गेमरहरुको फेभरेट रियलमी नार्जो सिरिज

मोबाइल गेमिङको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गईरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ । गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि हो । 

अहिले स्मार्टफोनको बजार एकदमै फराकिलो र प्रतिस्पर्धी हुँदै गईरहेको छ । बजारमा विभिन्न स्मार्टफोन ब्रान्डका १०० भन्दा बढी फ्रेश मोडलहरु उपलब्ध रहेका छन् । ती मध्य एक हो रियलमी, जसले एकदमै आकर्षक मुल्यमा गेमिङ फोनहरु उपलब्ध गराउँदै आइरहेको छ । महँगो मुल्य पर्ने फ्ल्यागशिप फोनहरुमा मात्र पाइने फिचरहरु पनि यसले आफ्नो बजेट स्मार्टफोनहरुमा राखेकोले गर्दा पनि मानिसहरुले यो फोनलाई रुचाउने गर्दछन् । यदि तपाईं गेमिङमा रुचि राख्नुहुन्छ भने रियलमीको नार्जो सिरिज पक्कै पनि मन पराउनुहुनेछ ।

हामीले यहाँँ रियलमी नार्जो सिरिजका यस्तो स्मार्टफोनहरुको सुची तयार पारेका छौँ, जुन विशेष गरी गेमिङकै लागि डिजाइन गरिएका हुन् । यी फोनहरु हेर्नमा आकर्षक त छन् नै साथै गेमिङ फोनमा हुनुपर्ने सबै फिचरहरु र सुविधाहरु पनि छन् । गेम खेल्न मात्र नभएर दैनिक प्रयोजनको लागि पनि यी फोनहरु अत्यन्तै उपयुक्त छन् र यिनीहरुको मुल्य पनि अत्यन्तै चित्त बुझ्दो छ । 

रियलमी नार्जो ५० 
यदि तपाईं भ्यालु–फर–मनि स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने नार्जो ५० एकदम उपयुक्त रोजाइ हो । यसमा भएको १२ एनएमको एडभान्सड् मेडियाटेक हेलियो जि९६ SOC चिपसेट रMali G57 MC2 GPUn ले तपाईंलाई गेम खेल्दा गज्जबको अनुभव प्रदान गर्छन् ।

४ जिबि र ६ जिबि ¥याम अप्सनमा आउने नार्जो ५० आइमा डिआरइ (डाइनामिक ¥याम एक्स्पान्सन) फिचरले गर्दा ११ जिबि सम्म बढाउन मिल्छ जसले स्टोरेजको चिन्ता बिना नलिकन सिमलेस गेमिङको गर्न सजिलो बनाउँछ ।
उत्कृष्ट गेमिङ एक्स्पिरियन्सको लागि फोनमा हुनैपर्ने चिज हो, हाइ क्वालिटी डिस्प्ले । ६.६ इन्चको ब्राइट, फुल एचडि प्लस एलसिडि स्क्रिन भएको यसको डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेट र १८० हर्जको अडप्टिभ टच स्याम्प्लिङ् रेट भएकोले स्मुथ, रेस्पोन्सिभ र क्लियर भ्युइङ इक्स्पिरियन्स लिन सकिन्छ ।

त्यस्तै, गेमिङ फोनहरुमा हुनैपर्ने अर्को फिचर हो, जाइरो सेन्सर जुन यो मुल्यका कुनै पनि फोनहरुमा उपलब्ध छैन । ब्याट्रिको कुरा गर्नुपर्दा यसमा ३३ वाटको क्विक चार्जिङ युक्त ५००० एमएएचको शक्तिशाली वायर्ड ब्याट्रि रहेको छ, जुन एक घण्टाभन्दा कम समयमै पुरै चार्ज हुन्छ । यस्तो शक्तिशाली ब्याट्रि हुँदा हुँदै पनि यो फोन कम्प्याक्ट र हलुका छ ।

गेमिङकै लागि डिजाइन गरिएको भए पनि गेम नखेल्ने मानिसहरुको लागि पनि यो फोन उत्तिकै राम्रो छनोट हो । ५० मेगापिक्सलको ट्रिपल एआइ क्यामरा सेटअप सहितको यस रियलमी नार्जो ५० आइमा सेल्फीको लागि १६ मेगापिक्सलको क्यामरा रहेको छ । लेटेस्ट कनेक्टिभिटी अप्सन सहित उपलब्ध यस नार्जो ५०आइमा फिंगर प्रिन्ट सेन्सर साइडमा राखिएको छ । ग्लास र प्लास्टिकको सिङल स्ल्याबमा प्याकेज्ड यो फोनको मुल्य ४÷६४ जिबि भेरियन्टको लागि २३,९९९÷– रहेको छ भने ६÷१२८ जिबि भेरियन्टको लागि २७,४९९÷– रहेको छ्र ।

नार्जो ५०ए प्राइम
यो पनि कम मुल्यमा राम्रो गेमिङ फोन खोज्ने गेमरहरुको लागि अर्को एउटा सहि विकल्प हो । यसमा राखिएको युनिसक टि ६१२ प्रोसेसरले गेम खेल्दा उत्कृष्ट पर्फर्मेन्स गर्नुको साथै स्टेबल डेलिभरी र स्मुथ एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै अक्टा–कोर सिपियु आर्किटेक्चर युक्त १२ एनएमको चिपसेटले अझै प्रभावकारी र राम्रो काम गर्छ । त्यस्तै ४ जिबि ¥याम र ६४ जिबि रोमको स्टोरेज अप्सनमा उपलब्ध यस फोनको स्टोरज पनि प्राय क्याजुअल गेमहरुको लागि पर्याप्त छ । एन्ड्रोइड ११ भर्जनमा चल्ने यो फोनको युआइ रियलमी युआइ २.० रहेको छ । 

८.१ मिमिको अल्ट्रा स्लिम यस फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको छ जसले गर्दा तपाईं घण्टौँसम्म आरामसँग गेम खेलिरहन सक्नुहुनेछ । त्यस्तै २४०८८१०८० रेजोल्युसन युक्त ६.६ इन्चको एफएचडि प्लस डिस्प्लेमा आफ्न विपक्षीहरुको हरेक चाल देख्न सकिने हुनाले त्यसै अनुसार आफ्नो चालहरु चल्न सकिन्छ । 

क्यामराको कुरा गर्नुपर्दा, यसको पछाडिपट्टि ५० एमपिको प्राइमरी क्यामरा, २ एमपिको म्याक्रो–सेन्सर र २ एमपिको डेप्थ सेन्सर सहितको ट्रिपल क्यामरा सेट–अप रहेको छ भने सेल्फीको लागि ८ एमपिको एआइ क्यामरा रहेको छ । त्यस्तै यसमा साइड माउन्टेड फिङ्गर–प्रिन्ट स्क्यानर र ३.५ एमएमको हेडफोन ज्याक पनि राखिएको छ । 

समग्रमा भन्नुपर्दा यदि तपाईं ठुलो डिस्प्ले र धेरै ब्याट्रि लाइफ भएको गेमिङ फोन अथवा क्याजुअल फोटो खिच्नको लागि राम्रो क्यामरा भएको फोनको खोजीमा हुनुहुन्छ भने ५० ए प्राइम तपाईंको लागि एकदमै उपयुक्त रोजाइ हो । यो फोन चार्जर बिना अथवा चार्जर सहितको बक्समा उपलब्ध छ ।

४ जिबि÷६४ जिबि भेरियन्टको मुल्य २०,९९९ रहेको छ भने ४ जिबी÷१२८ जिबि भेरियन्टको २२,४९९ रहेको छ ।

रियलमी नार्जो ५० आइ प्राइम 

रियलमी नार्जो ५० आइ प्राइम पनि अर्को एउटा गेमिङ फोन हो जुन कम मुल्यको गेमिङ फोनको खोजीमा रहेका गेमरहरुको लागि उपयुक्त विकल्प हो । स्ट्रङ गेमिङ पर्फर्मेन्सको लागि यस फोनमा युनिसक टि ६१२ चिपसेट राखिएको छ । त्यस्तै यसमा भएको अक्टा कोर सिपियुले डिमान्डिङ गेमहरु पनि छरितो तरिकाले खेल्न सकिन्छ । स्टोरेजको कुरा गर्नुपर्दा यसमा ४ जिबिको ¥याम र ६४ जिबिको रोम रहेको छ, जुन् अधिकांश क्याजुअल गेमहरुको लागि पर्याप्त हो । ब्याट्रिको कुरा गर्नुपर्दा यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको छ, जुन घन्टौँसम्म गेम खेल्दा पनि राम्रोसँग टिक्छ । 

ठुलो डिस्प्लेमा मजाले गेम खेल्न रुचाउनेहरुको लागि यसमा ६.५ इन्चको एचडि प्लस डिस्प्ले राखिएको छ । रियलमी युआइ २.० र एन्ड्रोइड ११ मा चल्ने यस नार्जो ५० आइ प्राइममा ८ एमपिको मेन क्यामरा र ५ एमपिको सेल्फी क्यामरा राखिएको छ । कम्पनीको अनुसार गेम खेल्न रुचाउने मानिसहरुको हातमा उत्कृष्ट गेमिङ फोन सहज रुपमा उपलब्ध गराउने हेतुले यस फोनको डिजाइन गरिएको हो । 
अहिले बजारमा ३÷३२ जिबि स्टोरेज भेरीयन्टको ५० आइ प्राइमको मुल्य १४,४९९ र ४÷६४ जिबि भेरीयन्टको मुल्य १५,९९९ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको