Like us!
Follow us!
Connect us!
Watch us!

होल्डिङ्गमा नरहेका सेयर टिएमसमा देखियो तर भएका सेयर चाहिँ हरायो

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ११ : २८ मा प्रकाशित

होल्डिङ्गमा नरहेका सेयर टिएमसमा देखियो  तर भएका सेयर चाहिँ हरायो

ट्रेडिङ्ग मेनेजमेन्ट सिस्टम (TMS ) मा आफूसँग नभएको सेयर पनि देखिएको छ। करिब ५/६ महिनाअघि बेचिसकेको सेयर समेत TMS मा देखिएपछि आफू अचम्मित बनेको एक लगानीकर्ताले अर्थसंसारलाई बताए। त्यतिमात्र होईन मेरोसेयरमा भएका कतिपय सेयरहरु चाहिँ टिएमएसमा देखिएको छैन।  

टिएमएस होल्डिङ्गमा देखिएका सेयरहरु बिक्रि गर्न मिल्ने हुन्छ। आफूसंग नभएका सेयरहरु चाहिँ टिएमएस होल्डिङ्गमा देखिने तर आफूसंग साच्चिकै होल्डिङ्गमा रहेका कम्पनीहरु चाहिँ टिएमएस होल्डिङ्गमा लिस्टेड नहुँदा सेयर बिक्रि गर्नबाट लगानीकर्ताहरु बन्चित भएका छन् भने होल्डिङ्गमा नरहेका तर टिएमएसमा देखिएका कम्पनीहरु बिक्रि हुने खतरा पनि बढेको छ।  

यसअघि पटक पटक मेरोसेयरमा नरहेका सेयरहरु टिएमएसमा देखिँदा झुक्किएर सेयर बिक्रि भई सेटल गर्न नसक्दा क्लोज आउट बापतको जरिवाना रकम तिर्न लगानीकर्ताहरु बाध्य हुनुपरेको भन्दै लगानीकर्ताहरुले गुनासो व्यक्त गर्ने गरेका छन्। 'करिब १ महिनाअघि टिएमएसमा सेयर देखिएका  कारण बिक्रि गर्दा  रु. ५५ हजार क्लोज आउट फाईन तिर्नुपरेको थियो। आज फेरी म संग हुँदै नभएका सेयरहरु टिएमएसमा देखियो। मैले ५/६ महिनाअघि नै बिक्रि गरिसकेको LBBL, MDB, KMCDB , NFS, NUBL, SHINE जस्ता कम्पनीहरु टिएमएस होल्डिङ्गमा देखिन्छ, तर म संग साच्चिकै होल्डिङ्गमा रहेका UIC, ULI  लगाएतका कम्पनीहरु चाहिँ टिएमएसमा देखिएका छैनन्। आज बेच्नुपर्ने थियो तर बेच्न सकिरहेको छैन। अचम्मको सिस्टम छ', दिक्दार हुँदै उनले भने।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको