Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले गर्यो तीन संस्थासँग सम्झौता, सेवाहरुमा विशेष छुट

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १६ : ५८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले गर्यो तीन संस्थासँग सम्झौता, सेवाहरुमा विशेष छुट

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।    

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित: Meraki Holistic Wellness Retreat का सेवाहरुमा अधिकतम १५%, जावलाखेल, ललितपुरमा अवस्थित Burger Shack का सेवाहरुमा अधिकतम १०%, बुटवल उपमहानगरपालिका, अमरपथमा अवस्थित Samriddhi Hair Dressing Saloon & Academy का सेवाहरुमा अधिकतम २०% र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित Chhotu Unisex Saloon Pvt. Ltd. का सेवाहरुमा २०% को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
                

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको