महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको बोनस सेयर वितरण गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गरिएको हो ।
चैत ३० गते उक्त बोनस सेयर वापतमा १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता सेयर सूचीकृत गराएको कम्पनीले सोही दिनदेखि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको हो ।
यसअघि कम्पनीले सोही सभाबाट पारित ६ दशमलव ४६ प्रतिशत नगद लाभांशसमेत वितरण गरिसकेको छ । २१औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गरेको थियो ।
बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस