Like us!
Follow us!
Connect us!
Watch us!

थ्री स्टार हाइड्रोपावरले पायो आईपीओ निष्कासन गर्ने, बोर्डले अनुमति दियो

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १० : ४३ मा प्रकाशित

थ्री स्टार हाइड्रोपावरले पायो आईपीओ निष्कासन गर्ने, बोर्डले अनुमति दियो

थ्री स्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको हो । 

कम्पनीलाई आईपीओ निष्कासनका लागि बोर्डले चैत १७ गते अनुमति प्रदान गरेको जानकारी दिएको छ । हाल कम्पनीमा संस्थापक तर्फको ७५ प्रतिशत सेयर स्वामित्व कायम रहेको छ । कम्पनीको चुक्तापूँजी ३६ करोड ९३ लाख ७५ हजार रहेको हो ।

कम्पनीले आयोजनाप प्रभावित स्थानीय सहित सर्वसाधारणमा २५ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्तापूँजी ४९ करोड २५ लाख कायम हुनेछ । 

गत साउन १७ गते कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको