Like us!
Follow us!
Connect us!
Watch us!

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड, यी तरिकाबाट हेर्नुहोस् नतिजा

अर्थ संसार

मंगलबार, १९ असार २०८०, ११ : ३७ मा प्रकाशित

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड, यी तरिकाबाट हेर्नुहोस् नतिजा

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज (मंगलबार) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाडौँ ठमेलस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले गत असार ५ गतेदेखि असार ८ गतेदखि कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

उक्त आईपीओमा कुल १० लाख २४ हजार ४६ आवेदकबाट कुल १ करोड ९ लाख ७९ हजार ७६० कित्ता माग भएको थियो। जसमा १० लाख २१ हजार १९८ आवेदकबाट परेको १ करोड ९ लाख ४४ हजार ५६० कित्ता सेयर सदर भएको छ भने २ हजार ८४८ आवेदकबाट परेको ३५ हजार २०० कित्ता बदर भएको छ ।

हिमालन क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणहरुलाई निष्कासन गरेको आइपीओको नतिजा विभिन्न तीन वेबसाइटमार्फत हेर्न सकिने भएको छ । जसमा कम्पनीको आइपीओ बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट  https://himalayancapital.com/

सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/ सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको