थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले बैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आइपिओ बिक्री खुला गरेको थियो । आइपिओ जेठ १६ गते बाँडफाँड गरिएको हो ।
तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ७ हजार ३८७ जना आवेदकलाई सम्पूर्ण कित्ता आइपिओ बाँडफाँड गरिएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमासमेत आइपिओ बिक्री गरेको थियो । स्थानीयमा भने कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म आईपिओ बिक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा बिक्री गरेको ४ लाख ९२ हजार ५०० कित्ता आइपिओ भने बाँडफाँड गर्न बाँकी छ ।
स्थानीयमा समेत बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणमा आइपीओ विक्री गर्नेछ । कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस