युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ९औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । कम्पनीको कार्यालय हेरिटेज प्लाजामा भर्चुअल माध्यमबाट भएको साधारणसभाले सामान्य प्रस्ताव र विशेष प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (कर बाहेक) तथा ०.३६८ प्रतिशत कर पयोजनका लागि नगद लाभांश पारित गरेको हो ।
त्यसैगरी सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गर्नुको साथै २०७९/०८० को लेखापरीक्षण कार्यको लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गरेको छ ।
सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभामा बोल्ने अधिकांश सेयरधनीहरुले यस्तो आर्थिक मन्त्रीमा भर्चुअल माध्यमबाट साधारणसभा गरी कम्पनीको खर्च कटौति गरेकोमा सञचालक समितिलाई विशेष धन्यवाद दिएका थिए ।
आधा दर्जन भन्दा बढी सेयरधनीहरुले सभामा आफ्नो भनाई राखेका थिए । सभाले बोल्न सेयरधनीहरुले लाभांश दिएकोमा धन्यवाद दिँदै अगामी आर्थिक वर्षहरुमा लाभांश बढाउन आग्रह सेमत गरेका छन् ।
सेयरधनीको प्रश्नको जवाफ दिँदै कम्पनीका अध्यक्ष पन्तले आगमि दिनमा सेयरधनीलाई लाभांश बढाउने कार्यमा आफू र आफ्नो टिम लागि पर्ने बताउनुभयो । बोनस सेयर प्रयोजनका लागि चैत ९ गते कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस