युनाइटेड मोदी हाइड्रोपावरले आफ्नो नवौँ वार्षिक साधारणभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको फागुन २५ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २३ गते आयोजना गर्ने निर्णय गरेको हो।
सभा काठमाडौँको कमलादीस्थित् कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँको कुल ७.३६८ % लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ७ % बोनस सेयर र ०.३६८ % नगद लाभांश छन्।
सभाले कम्पनीको जारी पुँजी वृद्धि हुने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो चैत ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस