Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड मोदीले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, ११ : २५ मा प्रकाशित

युनाईटेड मोदीले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले आगामी चैत २७ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले कालीमाटी बैङ्क्वेट हलमा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

सभाले यसअघि १ः१ को अनुपातमा निष्कासन गर्ने भनिएको हकप्रद सेयर संशोधन गरी १ः०.६५ को अनुपातमा निष्कासन गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद निष्कासका बाँकी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र खोजेर सोमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने भएकाले चैत ७ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको