सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको भोलिपल्टै विवाद सुरु भएको छ । गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्युनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाले सुरुवातदेखि नै संघीयताको विरोध गर्दै आएको छ । नले संघीयता देश र जनताको लागि घाँडो भएको बताउँदै आएका छन् ।बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरूको हस्ताक्षर गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस