जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज चैत २६ गते आइतबार हुदैछ । सभा बुटबलको होटल न्यू ईरामा बिहान ११ बजेदेखि हुदैँछ ।
सभामा गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुदैछ । साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल गर्दै पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखेको छ । सभा प्रयोजनका लागिकम्पनीले चैत १० गते बुक क्लोज गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस