Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल कृषि सहकारी संघमा रोजगारीको अवसर(सूचनासहित)

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, ११ : ०१ मा प्रकाशित

नेपाल कृषि सहकारी संघमा रोजगारीको अवसर(सूचनासहित)

नेपाल कृषि सहकारी संघ लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज (सोमबार) एक सूचना प्रकाशित गर्दै बरिष्ठ कार्यक्रम प्रबन्धक देखि जेटि प्राविधिक पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ कार्यक्रम प्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । संस्थाका अनुसार उक्त पदमा आवेदन दिनको लागि विज्ञान विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

साथै, संस्थाले (बित्त लेखा, बजार र कार्यक्रम) विभाग अन्र्तगत ९वौँ तहमा बरिष्ठ कार्यपक्रम प्रबन्धक पदमा १ जना, तालिम प्रमुखमा १ जना, कार्यक्रम अधिकृतमा २ जना, बीमा अधिकृतमा १ जना, लेखा सहायकमा १ जना र जेटी ९प्रा।० पदमा १ जना गरी कुल ८ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा अनुभवि र दक्षता हाँसिल गरेको उम्मेदवारलाई बढी प्राथमिकता दिने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवार सूचना प्रकाशित मितिले ७ दिन भित्र आवश्यक कागजात मिलाई संस्थाको केन्द्रिय कार्यालय, धोविघाट, ललितपुर अथवा संस्थाको इमेल ठेगाना मार्फत् आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको