Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्ट इन्स्योेरेन्सले पायो नयाँ संंचालक समिति, को को छन त कार्यसमितिमा  ?

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १४ : ४६ मा प्रकाशित

हिमालयन एभरेष्ट इन्स्योेरेन्सले पायो नयाँ संंचालक समिति, को को छन त कार्यसमितिमा  ?

हिमालयन एभरेष्ट इन्स्योेरेन्स लिमिटेडले नयाँ कार्यसमिति पाएको छ । मंगलबार बानेश्वर व्याङ्केट थापागाउँँमा सम्पन्न २९ औं वार्षिक साधारणसभाबाट कम्पनीले नयाँ कार्यसमिति पाएको हो । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी बीचको मर्जरपछि पहिलो साधारणसभाले सर्व साधारण सेयरधनीको तर्फबाट अजय रत्न स्थापित र  हेमराज थापा संचालकमा चयन भएका छन् । त्यसै गरी संस्थापक सेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ,  विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे चयन भएका छन् ।

साधारण सभा सम्पन्न भएलगतै बस्ने संचालक समितिको पहिलो वैठकले संचालक समितिको अध्यक्षको चयन गर्ने छ । अध्यक्षको चयन लगतै बीमा प्राधिकरणको अध्यक्षद्वारा कम्पनीको संचालक समितिको अध्यक्षको रुपमा सपथ लिइने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।  

साधारणसभाले २.७५ प्रतिश बोनस सेयर र कर वापत चुक्ता पुँजीको ०.१४ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गरेको छ ।  साधारणसभामा एक दर्जन भन्दा बढी सेयरधनीले आफ्नो धारणस राखेका थिए । नेपालकै बीमा क्षेत्रको पहिलो मर्जरको रुपमा साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमागाभिएर २०७९ श्रावण १ गतेदेखि एकिकृत कारोबार गरिएको थियो ।

 

64367839e0f47.jpg 6436783f4f262.jpg 64367843091b7.jpg 6436784a0bd3c.jpg 6436784e772f8.jpg 64367851c4e78.jpg 6436785638e05.jpg 6436785bee896.jpg 6436786609a80.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको