Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्टले डाक्यो साधारण सभा,  बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १२ : १८ मा प्रकाशित

हिमालयन एभरेष्टले डाक्यो साधारण सभा,  बुकक्लोज कहिले ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले चैत २९ गते, बुधबार बिहान ११ बजे, वानेश्वर व्याक्वेट, थापागाँउ काठमाडौंमा सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्वीटिमा एको परिवर्तनहरु समेत पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको