Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभामा जे देखियो (फोटोफिचर)

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १५ : २४ मा प्रकाशित

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभामा जे देखियो (फोटोफिचर)

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

यसका साथै सभामा बोनस सेयर जारी गर्दा भिन्न अंकमा आउने सेयरलाई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै बोनस सेशेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

यसका साथै गत आव २०७८.७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिएको छ । साथै चालु आव २०७०।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुकक्लोज गरेको थियो । तसर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित भई प्रस्तावित लाभांश पाउनेछन् ।

64367f7095817.jpg 64367f7461fc4.jpg 64367f79b22a8.jpg 64367f8e73569.jpg 64367f8e7a670.jpg 64367f8eba936.jpg 64367f8ec4315.jpg 64367f8eeab47.jpg 64367f8f04315.jpg 64367f8f2c789.jpg 64367f8f35475.jpg 64367f8f585e7.jpg 64367f8f62e8a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको