Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वायुसेवा निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, ०९ : १८ मा प्रकाशित

नेपाल वायुसेवा निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने

नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुर उडान गर्ने भएको छ । 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरमा नियमित उडानको तयारी गर्न कार्यदल गठन गरिएको छ । जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने उनले बताए  । उनका अनुसार दुई देश र इनरुट पर्ने देशमा आवश्यक अनुमतिका लागि निगमले निवेदन दिइसकेको छ । सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।

आवश्यक उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरणलगायत काममा तीव्रता दिन वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको उनले बताए । आवश्यक उडान अनुमतिका लागि मलेसिया र भारत एवं हवाई मार्गमा पर्ने सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकिएको र अनुमति प्राप्त हुनासाथ टिकट बुकिङ खुला गरिनेछ ।

हाल साताको एक उडानबाट सुरु गरी बजार मागअनुसार उडान बढाउँदै लगिने योजना रहेको प्रवक्ता पौडेलले बताए ।-गोरखापत्र   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको