Like us!
Follow us!
Connect us!
Watch us!

क्यानद्वारा नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित, यस्तो छ कारण

अर्थ संसार

शुक्रबार, ०८ असार २०८०, १३ : २३ मा प्रकाशित

क्यानद्वारा नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित, यस्तो छ कारण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको