Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउण्डेड भएको ३ महिनापछि निगमको जहाज मर्मतका गनै इजरायल पठाइँदै

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १६ : १३ मा प्रकाशित

ग्राउण्डेड भएको ३ महिनापछि निगमको जहाज मर्मतका गनै इजरायल पठाइँदै

ग्राउण्डेड  भएको झन्डै तीन महिनापछि नेपाल एयरलाइन्सको जहाज आज मर्मतका लागि इजरायल पठाइने भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी  (एन–एकेएक्स) जहाज ग्राउण्डेड  भएको तीन महिनापछि इन्जिन मर्मतका लागि इजरायल पठाइने भएको हो । 

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार एमआरओ कम्पनी इजरायल एरो स्पेस इन्डस्ष्ट्रिजसँग  इन्जिन मर्मत सम्झौता भएअनुसार जहाजलाई इजरायल पठाउन लागिएको हो। 

जहाज आइतबार राति ११ः३० बजे इजरायल उड्नेछ । जहाज मर्मतपछि २२ सेप्टेम्बर ९असोज ५० मा काठमाडौँ फर्कने छ । झन्डै ३ महिना जहाज ग्राउण्डेड हुँदा नेपाल एयरलाइन्सले करोडौँ आम्दानी गुमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको