Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, ०९ : ५० मा प्रकाशित

काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा

काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा रहेको छ । आज आइतबार बिहान करिब ९ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाडौँ दोस्रो सूचीमा रहेको हो । 

विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार आइतबार बिहानसम्म काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर रहेको पाइएको हो ।

काठमाडौँको एक्यूआई अहिले १ सय ९२ रहेको छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर छ । च्याङमाइको एक्यूआई २ सय २२ रहेको छ ।यस्तै, तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता रहेको छ ।

डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको