नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको चैत ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांशको साथै कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल यस कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड रहेको छ ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस