Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, ०८ : ५३ मा प्रकाशित

प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७ः१० बजेतिर घटना भएको हो ।

नेपाल प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो । प्रहरीले बोकेको हतियारबाट गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र अन्य भौतिक क्षति भने नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए ।

गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ । मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको