प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो।
निर्वाचन आयोगका अनुसार आज मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो। यता ओखलढुंगाको माने भन्ज्याङमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। त्यस्तै, दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि जिल्ला मतदान केन्द्रमा भने मतदाताहरूले मतदान नै बहिस्कार गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस