Like us!
Follow us!
Connect us!
Watch us!

दि निलय होटल्सले आईपीओ जारी गर्ने

अर्थ संसार

बुधबार, २० फागुन २०८२, ११ : ०५ मा प्रकाशित

दि निलय होटल्सले आईपीओ जारी गर्ने

दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्ताव सहित चैत १३ गतेका लागि धादिङको थाक्रे गाउँपालिका–८ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे पहिलो वार्षिक साधारणसभा बोलाएको हो ।

उक्त साधारणसभाले कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिबाट भए गरेका काम कारबाही अनुमोदन गर्ने र लगानी तथा स्रोत जुटाउन आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको