Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १७ : १७ मा प्रकाशित

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

 वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएका हुन् । 

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए  । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए।रासस/Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको