Like us!
Follow us!
Connect us!
Watch us!

आज सूर्यग्रहणः नेपालबाट नदेखिने

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १० : ३७ मा प्रकाशित

आज सूर्यग्रहणः नेपालबाट नदेखिने

वर्षको पहिलो सूर्यग्रहण बुधबार लाग्दैछ । ग्रहण बिहान ७ः४० देखि १२ः२९ बजेसम्म लाग्नेछ । सूर्यग्रहणको अवधि साढे पाँच घण्टा छ । यसपटक कङ्कनकृति सूर्यग्रहण हुनेछ ।

नेपाललगायतका देशमा सूर्यग्रहण कति समयसम्म देखिने र यस समयमा के कुरामा सजग रहने त्यसको जानकारी हुनु जरुरी छ । वर्षको पहिलो सूर्यग्रहणसँग सम्बन्धित केही कुराहरू जानौं ।

नेपालमा सूर्यग्रहण

यो सूर्यग्रहण नेपालमा देखिने छैन । त्यसैले सुतक अवधि मान्य छैन । यसबाहेक वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अष्ट्रेलिया, भियतनाम, ताइवान, पपुवान्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्दमहासागर र न्यूजिल्याण्डमा देखिनेछ । 

सजग हुनुहोस्

  • सूर्यग्रहण हेर्न चाहनुहुन्छ भने नाङ्गो आँखा प्रयोग नगर्नुहोस् । टेलिस्कोपमार्फत हेर्न सकिन्छ अथवा सनग्लासको सहायताले सूर्यग्रहण हेर्न सक्नुहुन्छ । यदि तपाईंले नाङ्गो आँखाले ग्रहण हेर्नुभयो भने सूर्यको हानिकारक किरणले आँखालाई हानी पुर्‍याउँछ ।
  • ग्रहणको समयमा भगवान्को नाम लिनुपर्छ । भजनकीर्तन गर्नुपर्छ । ग्रहणको मध्यावधिमा यज्ञ र भगवान्को आराधना गर्नु उत्तम मानिन्छ ।
  • ग्रहण सकिएपछि स्नान गरेर दान पनि गर्नुपर्छ । यो धेरै राम्रो मानिन्छ । ग्रहणको प्रभावबाट बच्न आदित्य हृदयस्तोत्रको नियमित पाठले जीवनमा सकारात्मकता कायम राख्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको