Like us!
Follow us!
Connect us!
Watch us!

मिटरब्याज पीडितविरुद्ध गरिएको लाठी चार्जबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्‌मा स्पष्ट पार्नुपर्छः प्रेम सुवाल

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १४ : २५ मा प्रकाशित

मिटरब्याज पीडितविरुद्ध गरिएको लाठी चार्जबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्‌मा स्पष्ट पार्नुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि प्रहरीले गरेको लाठी चार्जको विरोध गरेका छन्। आज (मंगलबार) प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले त्यसलाई संविधानमा उल्लेख हकको उल्लंघन भनेका हुन्।

उनले भने, ‘काठमाडौं रत्नपार्कमा भेला भएका मिटरब्याज पीडित जनता र इनरुवामा भेला भएका लघुवित्त ऋण पीडित जनतामाथि लाठी चार्ज र दमन गरेको संविधानमा उल्लेख वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने स्वतन्त्रताको हकको हनन् हो।’

सुवालले जनताको शान्तिपूर्ण भेलामा भएको लाठी चार्जबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्‌मा स्पष्ट गर्न लगाउनु आवश्यक रहेको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको