Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, ११ : ४१ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर

आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज बुधबार एक सूचना जारी गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक महाप्रबन्धक १ जना, वरिष्ठ प्रवन्धक, नायव प्रबन्धक, वरिष्ठ अधिकृत, सुपरभाईजर, सहायक (फिल्ड कर्मचारी)लगायतका पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । त्यस्तै, संस्थाले वरिष्ठ सवारी चालक पदकमा पनि १ जना कर्मचारी माग गरेको छ ।

सो पदहरुमो आवेदन दिनको लागि उम्मेदवारले आठ कक्षा वा सो सरह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । संस्थाका अनुसार उक्त पदहरुमा अनुभवि, स्किलफुल उम्मेदवारलाई बढी प्राथमिकता दिईने भएको छ ।

इच्छुक उम्मेदवारले वेवसाइट https://www.aarambhachautari.com/ मार्फत् आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको