Like us!
Follow us!
Connect us!
Watch us!

दोल्ती पावरको आइपीओ बाँडफाँड

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १५ : ४७ मा प्रकाशित

दोल्ती पावरको आइपीओ बाँडफाँड

दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो । यस कम्पनीको आइपीओ बाँडफाँट गोलाप्रथाबाट भएको छ ।

कम्पनीले सर्वसाधारणमा चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म आईपीओ बिक्री गरेको थियो । सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत् १२ लाख ७१ हजार ८६१ कित्ता सेयर बिक्री गरिएको हो । 

कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ३९ हजारभन्दा बढीले १ करोड ४७ लाखभन्दा बढी कित्ता सेयर खरीद माग गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमाबाट बाँडफाँड भएको छ । 

भाग्यमानी १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् । बाँकी एक जनाले ११ कित्ता सेयर पाएका छन् । 

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता सेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँड गरिसकेको छ । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको