Like us!
Follow us!
Connect us!
Watch us!

दोल्ती पावरद्वारा आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १३ : २५ मा प्रकाशित

दोल्ती पावरद्वारा आईपीओ बाँडफाँड

दोल्ती पावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ जारी गरेका थिए । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन आवेदकहरूमा चैत ६ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

दोल्ती पावर कम्पनीले जारी पूँजी रू. ५३ करोड ६४ लाख ८६ हजारको २० प्रतिशत दरको १० लाख ७२ हजार ९७२ कित्ता सेयरमध्ये १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको थियो । दोल्ती पावरले १ लाख ७ हजार २९८ कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ जारी गरेकै दिन कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको थियो । आयोजना प्रभावित स्थानीयमा भने चैत ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको