Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप एक कम्पनीको आइपीओ सेयर सूचीकृत, आपनिङ्ग रेन्ज कति?

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १२ : ४७ मा प्रकाशित

नेप्सेमा थप एक कम्पनीको आइपीओ सेयर सूचीकृत, आपनिङ्ग रेन्ज कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) थप १ कम्पनीको आइपीओ सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो ।

दोल्ती पावरको आइपीओ आज ‘डीओएलटीआई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ५३ लाख ६४ हजार ८६० कित्ता आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईसी एशिया क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८७ रुपैयाँ देखि २६१ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा बिहिबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको