Like us!
Follow us!
Connect us!
Watch us!

फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ०६ : ३० मा प्रकाशित

फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

फ्लाई दुबईको जहाज सुरक्षित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दाहिने पट्टिको इन्जिनमा समस्या आएको थियो। त्यहिँ पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण नगराई भारतको इन्दिरा गान्धी विमानस्थलमा अवतरण गर्ने तयारी गरेका थिए। 

तर जहाजमा कुनै समस्या नदेखिएपछि फ्लाई दुबईको उडान दुबई नै उड्यो। 

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२: ११ बजे अवतरण भइसकेको छ। 
उड्ने बित्तिकै आगो देखिएको जहाज, धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।

जहाज कम्पनी फ्लाई दुबईले भने विमानमा चरा ठोक्किएको दाबी गरेको छ । फ्लाई दुबईका प्रवक्ताका अनुसार दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा विमान उड्नेबित्तिकै चरा ठोकिएको बताएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको