Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिपब्लिक मिडियालाई आइपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति, बिक्रि प्रबन्धक मेगा क्यापिटल

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १३ : ५९ मा प्रकाशित

नेपाल रिपब्लिक मिडियालाई आइपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति, बिक्रि प्रबन्धक मेगा क्यापिटल

नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई आईपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्ड (सेबोन)ले उक्त कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको सेयर निष्कासन गर्नेछ । 

कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो । सेयर निष्कासनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको