Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तको साधारण सभा हुँदै, यी प्रस्ताव पारित हुने

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, ११ : २५ मा प्रकाशित

एनएमबि लघुवित्तको साधारण सभा हुँदै, यी प्रस्ताव पारित हुने

एनएमबि लघुवित्त वित्तीय संस्थाको भोलि (शुक्रबार) साधारण सभा बस्दैछ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे सुरु हुने संस्थाले जनाएको हो ।

सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन हुनेछ ।

यसैगरी, सभाले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि चैत १७ गतेदेखि बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको