Like us!
Follow us!
Connect us!
Watch us!

चुनावअघि डोनाल्ड ट्रम्प फेरि समस्यामा, यौन दुर्व्यवहार र बलात्कारको लाग्यो नयाँ आरोप

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, ११ : ४० मा प्रकाशित

चुनावअघि डोनाल्ड ट्रम्प फेरि समस्यामा, यौन दुर्व्यवहार र बलात्कारको लाग्यो नयाँ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, चुनावअघि ट्रम्प फेरि समस्यामा परेका छन् । उनीमाथि यौन शोषण र बलात्कारको नयाँ आरोप लागेको छ ।

अमेरिकामा अर्को वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । पूर्व राष्ट्रपति ट्रम्प फेरि चुनाव लड्ने तयारीमा छन् । उनी सत्तामा नफर्किए अमेरिका अराजकतामा फस्ने चेतावनी ट्रम्पले दिएका छन् । 

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि हमला गर्दै उनले अमेरिकाले बाटो गुमाएको बताए । भर्खरै बाइडेनले पुनः चुनाव लड्ने घोषणा गरेका छन् । यसपछि ट्रम्पले अब शक्ति वा कमजोरीबीचको छनोट भएको बताए । 

पोर्नस्टार स्टोर्मी डेनियलपछि अब अमेरिकी पूर्व स्तम्भकार ई. जीन क्यारोलले ट्रम्पमाथि यौन उत्पीडन र बलात्कारको आरोप लगाएकी छिन् । ट्रम्पविरुद्धको अर्को मुद्दाको सुनुवाइका क्रममा क्यारोलले बलात्कारको बारेमा जानकारी दिएकी थिइन् । 

क्यारोलले म्यानहट्टनको डिपार्टमेन्ट स्टोरको चेन्जिङ रुममा ट्रम्पले आफूलाई बलात्कार गरेको बताएकी छिन् । क्यारोलले सन् २०१९ मा ट्रम्पमाथि पहिलो पटक न्युयोर्क म्यागजिनले प्रकाशित गरेको पुस्तकको अंशमा यौन उत्पीडनको आरोप लगाएकी थिइन्। नोभेम्बर २०२२ मा न्यूयोर्कमा लागू हुने नयाँ कानून पछ्याउँदै क्यारोलले ट्रम्पलाई जबरजस्ती यौन दुर्व्यवहार र दुर्व्यवहारको आरोप लगाउँदै नयाँ मुद्दा दायर गरे।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको