Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन ११ अंकले घट्यो नेप्से, साढे ५ अर्ब माथिको कारोबार

अर्थ संसार

शुक्रबार, २२ जेठ २०८३, १५ : ०० मा प्रकाशित

साताको अन्तिम दिन ११ अंकले घट्यो नेप्से, साढे ५ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्सेपरिसूक दोहोरो अंकले घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ११.३७ अंकले घटेको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५५.४१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको बढेको छ । त्यस्तै आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.७७ अंकले घटेर ४७१.९९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । 

आज सेयर बजारमा ३५१ कम्पनीका १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर ५५ हजार ४६७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको