Like us!
Follow us!
Connect us!
Watch us!

मेगा म्युचुअल फण्ड १ः नोक्सानी घट्यो, न्याभ बढ्यो

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १२ : ३८ मा प्रकाशित

मेगा म्युचुअल फण्ड १ः नोक्सानी घट्यो, न्याभ बढ्यो

मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । फागुन मसान्तसम्ममा रू. ४ करोड ९० लाख नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा घटेर रू. ४ करोड १४ लाखमा झरेको कम्पनीले जनाएको हो । चैत महिनासम्म आउँदा कम्पनीको नोकसानी भने केहि हदसम्म घटेको हो ।

फण्डको न्याभ फागुन महीनाको तुलनामा चैत महीनामा केहि अंकले बढेको छ । फागुन मसान्तमा फण्डको न्याभ ८ रुपैया २५ पैसा रहेकोमा चैत मसान्तमा बढेर ८ रुपैया ३१ पैसा पुगेको हो । 

त्यस्तै, उक्त फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८६ करोड १६ लाख लगानी गरेको जनाएको छ । उक्त लगानी फागुन मसान्तसम्ममा रू. ८३ करोड ८६ लाख थियो । फण्डले चैत मसान्तसम्ममा ऋणपत्रमा रू. २१ लाख ९९ हजार लगानी गरेको छ । सो अवधिमा मुद्धति निक्षेपमा रू. १० करोड लगानी गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको