Like us!
Follow us!
Connect us!
Watch us!

मेगा म्युचुअल फण्ड-१ मा आजदेखि आवेदन दिन सकिने, कस्तो छ प्रतिफलको प्रक्षेपण ?

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, ०६ : ०९ मा प्रकाशित

मेगा क्यापिटलले आज भदौ ४ गतेदेखि  मेगा म्युचुअल फण्ड-१ को इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न  हो। उक्त फण्ड १० वर्ष अवधि बन्दमुखी योजना हो।

कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

'मेगा म्युचुअल फण्ड-१ मा ढुक्क भएर लगानी गर्नुहोस्, राम्रो प्रतिफल हामी दिन्छौं'

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त फण्डको इकाईमा छिटोमा भदौ १० गतेसम्म र  ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट  तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।  

अहिलेका म्युचुअल फण्डहरुले पर्याप्त लाभांश दिन नसकेको भन्दै मेगा क्यापिटलका कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले मेगा म्युचुअल फण्डले आकर्षक प्रतिफल दिने दावी  गरेकाछन् । मेगाको म्युचुअल फण्डमा नेपालमा दर्ता भएका संस्थाहरुदेखि नेपाली नगरिकता तथा जन्मदर्ता भएका सबैले आवेदन दिन सक्ने छन् । म्युचुअल फण्डमा गरिएको लगानीले वार्षिक रुपमा २३ प्रतिशतसम्म प्रतिफल दिने कम्पनीको प्रक्षेपण छ ।

इक्विटमा लगानी गर्नुभन्दा म्युचुअल फण्डमा गरिएको लगानी निकै सुरक्षित हुने भन्दै मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफ्नो लगानी जोखिममा नपरोस् भन्नेहरुले यसमा लगानी गर्नु पर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको