Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन उर्जा विकास कम्पनीद्वारा साधारण सभा आह्वान

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, ११ : ४८ मा प्रकाशित

हिमालयन उर्जा विकास कम्पनीद्वारा साधारण सभा आह्वान

हिमालयन उर्जा विकास कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ९ गते थापागाउँ स्थित अर्पण ब्याक्वेटमा बस्नेगरी सभा डाकेको हो ।

कम्पनीको साधारणसभामा हकप्रद निष्कासनसहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सो सभामा सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागी सर्वसाधारण तर्फको सञ्चालक पदमा नियुक्त गरिएकोले सोको अनुमोदन गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै सभामा कम्पनीको अधिकृत पुँजी र जारी पुँजी बृद्धि गरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने, कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव पेश गरिनेछ ।

त्यस्तै, सभामार्फत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको