माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँडको मिति सार्वजनिक भएको छ । कम्पनीको आइपीओ मंगलबार (बैशाख १९ गते) कार्यालय मै बाँडफाँड हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँको संकलन भएको थियो वैशाख १२ गतेसम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् ।
माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । जसमा १ लाख २६ हजार ९४१ जना आवेदकले १०.१० कित्ता पाउने छन् भने १ जना भाग्यमानीले ११ कित्ता सेयर पाउने छ ।
कम्पनीले बैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस