माई खोला हाइड्रोपावरको आइपीओ आज मंगलबार बाँडफाँड सम्पन्न भएको छ । मंगलबार बिहान आफ्नै कार्यालय, कमलादी काठमाडौंमा आइपीओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो ।
उक्त आइपीओमा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको क्यापिटलले जनाएको छ । उक्त आइपीओमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए ।
जसमा १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १२ लाख ४ हजार २९७ जना भने आइपीओ पाउनबाट बञ्चित भएका छन् । यस कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता शेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।-File Photo
यी चारवट साइटबाट हेर्नुस रिजल्ट
https://maikholahydropower.com.np/
https://www.prabhucapital.com/
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस