अर्थ संसार, काठमाडौं – संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच गठबन्धन बनेको छ । सो गठबनधन नेपाली काँग्रेसको गठबन्धनमा सहभागी नहुने भएको छ ।
आज दुई पार्टीबीच भएको सहमति अनुसार आगामी चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गरेको सहमतिअनुसार मधेसी, आदिवासी जनजाति लगायतमाथि भएका सबै खालका विभेदविरुद्ध लड्नका लागि सहकार्य गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस