Like us!
Follow us!
Connect us!
Watch us!

एसिसी प्रिमियर कप : एसिया कपमा पुग्न नेपाललाई ११८ रनको लक्ष्य

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, ०९ : २३ मा प्रकाशित

एसिसी प्रिमियर कप : एसिया कपमा पुग्न नेपाललाई ११८ रनको लक्ष्य

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेलमा नेपाललाई ११८ को लक्ष्य प्राप्त भएको छ।  टस हारेर ब्यटिङ गरेको यूएईले ३३.१ ओभरमा १० विकेट गुमाएर ११७ रन बनाएको हो । 

युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले १४ रन दिएर ४ विकेट लिए ।

तेस्तै करण केसी र सन्दीप लामिछानेले  २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए ।

सोमबार वर्षाले प्रभावित खेल आज बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु भएको हो।  युएईले २७.३ ओभरमा १०६–९ को अवस्थाबाट सुरु गरेको थियो। 

यदि आज दिउँसो ५ बजे सम्म नतिजा आएन भने सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि गर्न सक्ने अवस्था नभएमा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्नेछ । नियम अनुसार रिजर्भ डेमा पनि पानी परेमा ओडिआई वरियतामा माथि रहने टोली एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको