Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको तेस्रो त्रैमास– बढ्यो खुद नाफा

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, ११ : २५ मा प्रकाशित

सिटिजन लाइफको तेस्रो त्रैमास– बढ्यो खुद नाफा

सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यस अवधिसम्ममा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीको खुद बीमा शुलक ३.७१ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ पुगेको हो ।

यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६१ करोड २३ लाख रुपैयाँ, बीमालेख धितोमा ४८ करोड १७ लाख रुपैयाँ लगानी गरी ३ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बीमा शुल्कसँगै कम्पनीको खुद नाफा पनि २.६० प्रतिशतले बढेर १५ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आ.वको यसै अवधिमा कम्पनीको खुद नाफा १४ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पूँजी २ अर्ब ६२ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । समिक्षा अवधिमा कम्पनीले २२ हजार ८७७ वटा बीमालेख जारी गरी ४ अर्ब १ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको