Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफले व्यतित बीमालेखमा सतप्रतिशत ब्याज छुट दिने

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, ११ : ०१ मा प्रकाशित

सिटिजन लाइफले व्यतित बीमालेखमा सतप्रतिशत ब्याज छुट दिने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क (ब्याज) छुट दिने भएको छ। कम्पनीले आज (आइतबार) एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क (ब्याज) छुटका साथ पुनर्जागरण गर्ने जनाएको हो। 

कम्पनीका अनुसार उक्त सुविधा आज जेठ ७ गतेदेखि असार १५ गतेसम्म लिन पाइनेछ। विलम्ब शुल्क छुट बीमा अवधिभर एकपटकमात्रै पाइने हुँदा यो अवधिभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी आआफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन कम्पनीले आग्रह गरेको छ।

बीमालेख पुनर्जागरण गर्दा कागजात पेस गर्नुपर्ने अवस्थामा कम्पनीको नजिकको शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको