Like us!
Follow us!
Connect us!
Watch us!

यूएईविरुद्ध जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, ११ : ५१ मा प्रकाशित

यूएईविरुद्ध जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट

एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एशिया कपमा छनोट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वैशाख १९ गते एसीसी कपको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो। 

यूएईले दिएको ११८ रनको विजय लक्ष्य नेपालले ३०.३ ओभरमा पूरा गर्यो। गुलसन झा र भीम सार्कीले विजयी पारी खेले। जितका लागि झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए। आरिफ शेखले ८ रन जोडे भने  कुशल भुर्तेल र रोहित पौडेलले खाता मात्रै खोल्न सके। 

वैशाख १८ गते नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो। वर्षाका कारण खेल अवरुद्ध हुनुअघि यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन जोडेको थियो।

सोमपाल कामीले चौथो ओभरमै कप्तान मोहम्मद वासीमलाई पेभिलियन फर्काएका थिए। पाँचौं ओभरमा करण केसीले भृत्य अरविन्दलाई आठ रनमा आउट गरे। खेलको आठौं ओभरमा करणले आर्यन लक्रालाई १३ रनमा आउट गरे। 

दशौं ओभरमा ललित राजवंशीले रमिज शाहजादलाई आउट गरे। १४औं ओभरमा सन्दीप लामिछानेले रोहन मुस्ताफालाई ३० रनमा आउट गरेका थिए। गुलसन झाले २३औं ओभरमा वसिल हमीदलाई आउट गरे। सातौं विकेटका रूपमा आयन अफजल पाँच रनमा आउट भए। उनलाई सन्दीपले आउट गरे।

आसिफ खानले यूएईको पारी सम्हाल्न खोजे पनि अर्कातिर विकेट झर्दै गयो। खानलाई ४६ रनमा ललितले आउट गरेका हुन्। ललितले जहूर खानलाई शून्य रनमा आउट गरे। मंगलबार खेल पुनःसञ्चालन भएपछि ललितले १०औं विकेटले लिए। नेपाली बलर चम्किएको खेलमा यूएईले ११७ रनको योगफल तयार पार्‍यो।-Photo Source: CAN
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको