प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको थियो ।
सो क्रममा उपप्रधानमन्त्री नाह्यानले युएइका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने प्रतिबद्दता जनाएका छन । नेपालको दुुई दिने भ्रमणका लागि मङ्गलबार काठमाडौँ आएका बिदेश मन्त्रीले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरु तत्पर रहेको अवगत गराएका थिए ।
प्रधानमन्त्री ओलीले विकासको मार्गमा युुएइले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस