Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने, आकार ५३ खर्ब ८१ अर्ब पुग्यो

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १३ : ५१ मा प्रकाशित

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने, आकार ५३ खर्ब ८१ अर्ब पुग्यो

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने छ ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । 

उक्त अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको